काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको उल्लेख गरेका छन्।

मंगलबार भारतको मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा छलफल भएको र हिंसा हृदयविदारक भएको उनले सामाजिक सञ्जाल एक्समार्फत् बताएका हुन्।

advertisement

‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा विस्तृत छलफल भएको छ’, मोदीले लेखेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ।’

मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण भएको बताउँदै शान्ति व्यवस्था कायम राख्न अपिल गरेका छन् । उनले थप लेखेका छन्, ‘म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति(व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु।’

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com