काठमाडौं । धरानका मेयर हर्क साम्पाङले देश संकटपूर्ण अवस्थामा पुगेको भन्दै आफूलाई साथ दिन जनतालाई आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात काम गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ ? विचार गर्नुहोस्।”
‘जेनजी आन्दोलन’ उग्र बनेपछि आन्दोलनकारीहरूले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत र शीर्ष नेताहरूका निवासमा तोडफोड तथा आगजनी गरेका छन्। अवस्था नियन्त्रण बाहिर गएपछि मंगलबार साँझदेखि नेपाली सेनाले हस्तक्षेप गरी स्थिति केही नियन्त्रणमा लिएको छ।
यसैबीच, बुधबार राष्ट्रपति, जेनजी आन्दोलनका प्रतिनिधि र सेनाबीच त्रिपक्षीय वार्ता गर्ने तयारी भइरहेको छ। वार्तामा आन्दोलनको भविष्य र समाधानका सम्भावित बाटाबारे छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया