काठमाडौं । नेपाली सेनाले काठमाडौं र पोखराबाट ठूलो मात्रामा हातहतियार बरामद गरेको छ।
बुधबार बिहान सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार राजधानीका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान गरी जम्मा ३१ नाल विभिन्न प्रकारका हतियार बरामद गरिएको हो। त्यससँगै म्यागजिन र गोलीगठ्ठा पनि फेला परेको सेनाले जनाएको छ।
यस्तै, हालसम्म २३ जना घाइते नेपाल प्रहरी र ३ जना सर्वसाधारणको उपचार सेनाका विभिन्न अस्पतालहरूमा भइरहेको जानकारी पनि सेनाले सार्वजनिक गरेको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार












प्रतिक्रिया