काठमाडौं । जेनजी आन्दोलनसँग जोडिएको मंगलबारको प्रदर्शनका क्रममा महाराजगञ्जस्थित प्रहरी वृत्तमा कार्यरत दुई प्रहरीको ज्यान गएको पुष्टि भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार मृत्यु हुनेमा एक असई र अर्का एक प्रहरी रहेका छन्।
उनले अन्य स्थानमा थप कति प्रहरीको मृत्यु वा घाइते भएको हो भन्नेबारे भने स्पष्ट विवरण अझै प्राप्त नभएको बताए। ‘केही प्रहरी सम्पर्कविहीन छन्, केहीको अवस्था यकिन हुन बाँकी छ, त्यसैले अहिल्यै निश्चित संख्या भन्न सक्ने स्थिति छैन,’ प्रवक्ता घिमिरेले स्पष्ट पारे।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया