काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। हाल सुरक्षित स्थानमा राखी उपचार भइरहेको स्रोतले जनाएको छ।

मंगलबार बुढानीलकण्ठस्थित निजी निवासमा जेनजी प्रदर्शनकारी प्रवेश गरी देउवा दम्पतीमाथि आक्रमण गरेका थिए। आक्रमणपछि सेनाको हेलिकप्टरमार्फत तत्काल उद्धार गरिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देउवा रगताम्मे अवस्थामा देखिएका थिए।

advertisement

सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको र त्यसपछि थप सुरक्षासहित अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक स्रोतले जनाएको छ।

सरकारका एक उच्च अधिकारीले जानकारी दिँदै भने, ‘देउवा अहिले सुरक्षित स्थानमा हुनुहुन्छ, उहाँको स्वास्थ्य अवस्था खतरामुक्त छ।’

देउवाकी पत्नी आरजु देउवा राणा पनि सुरक्षित स्थानमै रहेको बताइएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com