काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुक गम्भीर संकटको घडीमा रहेको बताउँदै उत्तेजनामा आधारित निर्णयहरूले समाधान नल्याउने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले भने, ‘देश र समाज अहिले इतिहासकै गम्भीर संकटमा छन्। भयानक अस्थिरताबीच हामी सबै तनावमा छौं। यस्तै परिस्थितिमा भावनामा बगेर लिइने निर्णयले सहि दिशा दिन सक्दैन।’

advertisement

भट्टराईले खरानीबाट पुनः उठेर मुलुकको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय हित चिताउने सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

उनले जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई न्यायोचित ठहर गर्दै त्यसलाई कार्यान्वयनमा सहयोग गर्न सबैलाई आह्वान गरे।

भट्टराईले हालको परिस्थितिबारे आफ्नो विश्लेषण र सुझावलाई १० बुँदामा प्रस्तुत गर्दै पार्टी, कार्यकर्ता र नागरिकलाई संयमित तर दृढ भएर अघि बढ्न आह्वान गरेका छन्।

१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेषण गरौं, हामीबाट भएका कमजोरीको समिक्षा गरौं । ग़ल्तीप्रति आत्मालोचित होऔ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं । यो काम होशियारीपूर्वक गरौं । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौं ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔं ।
५. जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔं ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौ ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔं ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं ।
१०. ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं ।
नेपाल बचाऔ
नेपालीत्व जोगाऔ ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com