काठमाडौं । पोखरामा सुरक्षास्थिति थप कडा बनाउँदै नेपाली सेनाले सडकमा निगरानी बढाएको छ। मंगलबार दिनभर प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि राति १० बजेदेखि नै सेनाको पश्चिम पृतना, विजयपुर ब्यारेकबाट बल परिचालन गरिएको हो।

जिल्लाका सरकारी निकाय तथा संवेदनशील क्षेत्रमा विशेष कडाइ गरिएको सेनाले जनाएको छ। कर्फ्यु आदेश जारी भइसकेकाले सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र सुरक्षित रूपमा आवतजावत गर्न आग्रह गरिएको छ।

advertisement

सेना परिचालित भएपछि जलिरहेका सरकारी कार्यालयमा लागेको आगो नियन्त्रणमा लिन पहल गरिएको थियो। अहिले पनि पोखराका मुख्य चोकहरूमा उच्छृंखल गतिविधि हुन नदिन गस्ती र निगरानी बढाइएको छ।

सडकमा सुरक्षाकर्मीहरूको उपस्थितिलाई प्रभावकारी बनाउन पश्चिम पृतनाका पृतनापति उपरथी मधुकरसिंह कार्की र विजयपुर ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी स्वयं फिल्डमा खटिएका छन्।

सैनिक स्रोतका अनुसार, संवेदनशील क्षेत्रमा नआइदिन, घरमै सुरक्षित बस्न र कुनै अप्रिय गतिविधि देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com