काठमाडौं । देशभरि कर्फ्यू लागू भएकाले र अत्यावश्यक काम बाहेक घरबाहिर नजान नेपाली सेनाको निर्देशनमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्म बन्द रहेको छ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले विषम परिस्थितिका कारण यात्रु आवतजावत सहज नभएको बताउँदै यस्ताे निर्णय गरिएको जानकारी दिएका छन्।
आजका अन्तर्राष्ट्रिय उडानहरू पुनःसमय निर्धारण (रिसेड्युल) हुने छन् भने काठमाडौं आउनुपर्ने विदेशी यात्रु बोकेको विमानहरू सम्बन्धित देशमै रोकिएका छन्।
यसअघि मंगलबारदेखि ठप्प भएको आन्तरिक उडान आज पनि सञ्चालनमा आउन सकेको छैन। आन्तरिक वायुसेवाले सबै उडान रद्द भएको जानकारी सार्वजनिक गरेका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया