काठमाडौं । लेखक महेश बस्नेतले सिंहदरबारमा भएको आगलागीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। बस्नेत लेख्छन्, ‘सिंहदरबार एक्लै जलेको छैन, इतिहास जलिरहेको छ, देश जलिरहेको छ।’
उनले सिंहदरबार पुनर्निर्माणको पृष्ठभूमि स्मरण गर्दै लेखे, ‘केपी ओलीको दोस्रो कार्यकालमा ७२ सालको भूकम्पले सिंहदरबार जीर्ण बनाएको थियो। भत्काएर पुनर्निर्माण गर्ने कि रेट्रोफिट गर्ने, त्यो बहस निकै लामो चल्यो।’
बस्नेतले थपे, ‘सहरी विकास मन्त्रालयका सचिव डाक्टर अर्जुन कार्की र प्राधिकरणका सीईओ सुशील ज्ञवाली सहित बारम्बार बैठक बसेर राज्यको ठूलो स्रोत साधन परिचालन गरेर पुनः उठाइएको हाम्रो गौरव, सिंहदरबार। आज? त्यो गौरवलाई जलाएर खरानी बनाइयो।’
लेखकले आगलागीपछि उठेका प्रश्नहरु पनि प्रस्तुत गरेका छन्। उनले सोधे, ‘के यसले न्याय दियो? के यसले पीडाको उपचार गर्यो? के यसले देशलाई अघि बढायो? के यो विनाश नै हाम्रो गौरव हो?’

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया