काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशभरि सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरण कायम राख्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

पोखरेलले पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकमा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्। उनले भने, ‘जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा पनि लोकतान्त्रिक मूल्य, बहुलवाद, सामाजिक न्याय, विधिको शासन र आन्दोलनकारीको अधिकारप्रति अडिग रहन सबैमा हार्दिक अनुरोध गर्दछु।’

advertisement

उनले आन्दोलनका क्रममा प्रयोग भएको अस्वाभाविक शक्ति, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति, ऐतिहासिक र सांस्कृतिक सम्पत्तिमा तोडफोड र राजनीतिक दलका कार्यालयमाथि भएको आक्रमणको निन्दा पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com