काठमाडौं । संघीय संसद् सचिवालयको कामकारबाही अनिश्चित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । उनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

advertisement

संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद बैठक बस्न सक्ने अवस्था समेत नरहेको बताउँछन् । प्रदर्शनकारीले संसद भवनमा आगो लगाएपछि जलेर ध्वस्त भएको छ ।

‘अहिले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना प्रकाशन भएको छ । बैठक बस्न सक्ने स्थिति पनि छैन’ प्रवक्ता गिरिले भनेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com