ललितपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।

मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा आगजनी भएको थियो। आगो निभाउने क्रममा एक व्यक्तिको जलिसकेको शव भेटिएको हो।

advertisement

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृतक पुरुष हुन् र हालसम्म उनको पहिचान हुन सकेको छैन। उनले भने, “शव पुरुषको हो। घरका सदस्य जस्तो लाग्दैन। अहिले मुचुल्का तयार पार्न टोली पठाइएको छ।”

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com