काठमाडौं । नेपाल टेलिकमले देशभरका ग्राहकहरूका लागि तीन दिनसम्म नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ।

यो सेवा हिजो रातिदेखि सक्रिय गरिएको हो। नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बताएअनुसार, विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सहज सम्पर्क कायम राख्नका लागि यो सुविधा प्रदान गरिएको हो।

advertisement

यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सक्नेछन् ।

मानन्धरका अनुसार, यो सेवा सम्बन्धी जानकारी सबै ग्राहकका मोबाइलमा एसएमएसमार्फत पठाइसकिएको छ। उपलब्ध गरिएको नि:शुल्क डेटा १ एमबीपीएस क्षमताको रहेको छ र भ्वाइस कल सेवा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने उनले बताए।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com