काठमाडौं । ललितपुरको ढोलाहिटी क्षेत्रमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा आगजनीपछि एक पुरुषको जलेको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार शवको पहिचान अहिलेसम्म हुन सकेको छैन। घटनास्थलमा प्रदर्शनकारीहरूले मंगलबार आगजनी गरेको जानकारी प्रहरी स्रोतले दिएका छन्।

advertisement

एसएसपी अधिकारीले शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइने जानकारी दिएका छन्। घटनाको थप विवरणका लागि अनुसन्धान जारी छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com