काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले बुधबार जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्वनिर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका परीक्षा देशमा विकसित विषम परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ।’
स्थगित परीक्षाको नयाँ तालिका कम्तीमा ७ दिनको तयारी अवधि सुनिश्चित गरी पछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया