पोखरा। पोखरा–लेकसाइडमा मंगलबार भएको आन्दोलनका क्रममा गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार भवन जलेको अवस्थामा बिहान शव भेटिएको हो।
साथै, मन्त्री थापाका भाइ ध्रुव थापाको नयाँबजारस्थित गाडीको स्वरूममा पनि बिहान एक महिलाको जलेको शव फेला परेको प्रहरीले जनाएको छ।
आन्दोलनकारीहरूले मन्त्री थापाको निजी निवास, व्यवसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा व्यापक तोडफोड, लुटपाट र आगजनी गरेका थिए। उनीहरूले ध्रुव थापाको भर र गाडीको स्वरूममा पनि आगो लगाएका थिए।
मंगलबारको प्रदर्शनमा पोखराका प्रमुख कार्यालय, मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीका घर, बगैंचा, भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टसम्म तोडफोड र आगजनीको घटना भएको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार












प्रतिक्रिया