काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाममा आफ्नै पहलमा तयार पारेको सूची राष्ट्रपति कार्यालयमा पठाएका छन्।
कार्कीले भने, ‘वार्ताका लागि आह्वान भएपछि मैले संवाद सचिवालयमा सूची पठाएँ। जेनजी आन्दोलनमा सहभागी साथीहरूले ‘दाइ, तपाईं पहल गर्नुस्’ भनेपछि मैले यो काम गरेको हुँ। यसबारे पार्टीसँग सल्लाह गरिएको होइन।’
स्रोतका अनुसार कार्कीले पठाएको सूचीमा अधिकांश रास्वपा निकट युवा सदस्यहरू छन्। सूचीमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्षा बम, रिजन रानामगर, नवीन राई, उपार्जन चाम्लिङ, अनुषा खनाल, नीरज गौतम ‘गोतामे’, सुस्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतका नाम समावेश छन्।
प्रदीप ज्ञवाली रास्वपा नेता विराजभक्त श्रेष्ठ मन्त्री हुँदा प्रमुख स्वकीय सचिव रहेका थिए भने अधिकांश अन्य सदस्यहरू उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलसँग आबद्ध रहेका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया