काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पनि देशभर सरकारी तथा सार्वजनिक संस्थामा आगजनी हुनु र राज्यका जिम्मेवार निकायहरूले निष्क्रिय रहनु गम्भीर विषय भएको बताएका छन्।

गिरीका अनुसार, जेन जेडको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहले घुसपैठ गरी हिंसात्मक गतिविधि भड्काएको भए पनि सुरक्षा निकायले पर्याप्त सतर्कता, सजगता र संयमता देखाउन नसकेको चिन्ता जनाइएको छ।

advertisement

सांसद गिरीले भने, देशमा सुशासन कायम होस्, विकासको मूल फुटोस्, र युवाले सम्मानजनक रोजगारीसहित सुरक्षित जीवन जिउन सकून् भन्ने उद्देश्यले नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको थियो। तर भदौ २३ गते उक्त आन्दोलनमा स्वार्थी तत्वले हिंसा भड्काए र सुरक्षा निकायको प्रभावकारी निगरानी देखिएन।

उनले जेन जेडका बालबालिकाले जीवनका सपना देख्ने उमेरमा सडकमा प्राण गुमाउनुको पीडा केवल परिवारको नभई सम्पूर्ण राष्ट्रको साझा क्षति भएको बताए। गिरीले विदेशी शक्तिहरू, अपराधी तत्व र अन्य स्वार्थी समूहहरूले यस परिस्थितिलाई आफ्नो फाइदामा प्रयोग गर्ने प्रयास गरिरहेको चेतावनी पनि दिएका छन्।

सांसद गिरीले थपे, प्रधानमन्त्रीको राजीनामापछि पनि सिंहदरबार, संसद्, सर्वोच्च अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, विद्यालय, बैंक, व्यापारिक भवन र व्यक्तिका निजी सम्पत्ति जलेका घटना राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बनेको र यो धेरै समयसम्म सम्झाइने डरावनी घटना बनेको छ।

उनले नयाँ पुस्ताका लागि लोकतन्त्रसहितको समृद्ध नेपाल निर्माण हुनु अपरिहार्य रहेको पनि जोड दिएका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com