काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ता गर्ने तयारीमा जेनजी समूहले आफ्नै वार्ता समिति गठन गर्ने विषयमा छलफल गरिरहेको छ।

जेनजी समूहका एक सदस्यका अनुसार, तीन हजारभन्दा बढी सहभागि रहेको भर्चुअल बैठकमा वार्ता टोलीको संरचना, नेतृत्व र सदस्य संख्या तय गर्ने विषयमा विचार-विमर्श भइरहेको छ।

advertisement

राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति मार्फत जेनजी समूहलाई वार्ताका लागि आह्वान गरेका थिए।

भर्चुअल बैठकमा जेनजी टोलीले वार्तामा प्रस्तुत गर्नुपर्ने एजेन्डा र शासकीय स्वरूप, शासन अवधि कति वर्षको हुने, र अन्य सम्बन्धित विषयहरूबारे छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ।

बैठकपछि वार्ता टोली गठन गरिने र त्यसपछि औपचारिक वार्ता सुरु हुने जनाएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com