काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन-जी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पदा र संरचनामा क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लेखेका छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखाल्नु हो। जेनजी आन्दोलनले भविष्यमा कसैले पनि त्यस प्रयासलाई दोहोर्याउन नपाउने गरी कदम उठाएको छ। तर, देशको अमूल्य सम्पदा र संरचनामा भएको क्षतिले सारा नेपालीको मन रोएको छ। ती सम्पत्तिहरू कुनै भ्रष्टाचारीको होइनन्, सम्पूर्ण नेपालीको साझा सम्पत्ति हुन्।’
उनले अब यी क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र संरक्षण अपरिहार्य रहेको बताए। साथै, संक्रमणकालीन अवस्थामा बुद्धिमानी, धैर्यता र संयमता अपनाएर आगामी दिनका लागि उज्वल भविष्य निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनको धारणा छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया