काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई देशमा फैलिरहेको सङ्कटमा आगो थप्ने नियत भएको आरोप लगाएका छन्।
बुधबार जारी विज्ञप्तिमा श्रेष्ठले ओली सरकारले निहत्था युवाहरूमाथि गरेको दमनलाई नेपालको इतिहासमा ‘कालो दिन’ भन्दै तीव्र आलोचना गरेका छन्।
उनका अनुसार, सोमबार सरकारी दमनका क्रममा कम्तीमा १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु भएको थियो। यसपछिको आक्रोशमा मंगलबार देशभर राजनीतिक दलका नेताहरू, तीनका घर तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।
श्रेष्ठले भनेका छन्, ‘नवफाँसीवादी प्रवृत्तिका ओली सरकारले निहत्था युवामाथि गरेको दमन नेपालको इतिहासमा सधैं ‘कालो दिन’को रूपमा सम्झिनेछ। यस कदमको आलोचना जतिसुकै गरे पनि पर्याप्त हुने छैन।’
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया