काठमाडौं। सोमबार र मंगलबारको जेनजी आन्दोलनका कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु भएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले आवश्यक निर्णय गरी विमानस्थल सञ्चालन पुनः सुरु गरिएको हो।
सुरक्षा कारणले बन्द गरिएको विमानस्थलमा प्रदर्शनकारीहरू केही दिन गेट नजिकै आए पनि अब अवस्था नियन्त्रणमा रहेको छ।
विमानस्थल संचालन पुनः सुरु भएसँगै नागरिक उड्डयन प्राधिकरणले यात्रुहरूलाई आफ्नो उडान समयको जानकारी लिएर मात्र विमानस्थल आउन र आधिकारिक हवाई टिकट तथा परिचय सम्बन्धित कागजात लिएर आउन आग्रह गरेको छ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उडान समयको जानकारी लिई मात्रै विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात समेत लिएर आउन समेत अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया