काठमाडौं। जेनजी समूहको प्रतिनिधि टोली प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न आज जंगीअड्डामा पुगेको छ। टोलीसँग व्यवसायी दुर्गा प्रसाईं पनि उपस्थित छन्।
‘हामी नेपाल’ नामक टोलीले जेनजी आन्दोलनको सुरुवाती घोषणापछि पहिलोपटक वार्ता अगाडि बढाएको हो। स्रोतका अनुसार टोलीमा करिब १५–१६ जना सदस्य रहेका छन्।
एक प्रतिनिधिले भने, ‘दुर्गा प्रसाईं पनि जंगीअड्डामा हुनुहुन्छ र आवश्यक परे उनी वार्तामा सहभागी हुनुहुन्छ।’
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया