काठमाडौं। नेपाली कांग्रेसले देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चितताको अवस्थामा रहेको भन्दै राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति र सुरक्षा कायम गर्नुपर्ने औंल्याएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार जारी गरेको प्रेस नोटमा नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा सोमबार दुःखद घटनाहरू घटेको उल्लेख गरेका छन्। उनले भने, ‘युवा र सुरक्षाकर्मीहरूले ज्यान गुमाउनु परेको पीडादायी अवस्था अत्यन्तै दुखद छ।’

advertisement

महतका अनुसार २४ भदौमा भएका गतिविधि लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएर हिंसात्मक स्वरूप लिएको थियो। प्रेस नोटमा भनिएको छ, ‘देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस प्रकारको हिंसा चाहेका थिएनन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका मूल स्तम्भमा आगजनी हुनु गम्भीर विषय हो।’

उनले थपे, ‘हिजोको घटनाबाट भएको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेला भन्दा पनि बढी रहेको छ।’ साथै पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेतामाथि भएको आक्रमणको उनले कडा रूपमा निन्दा गरेका छन्।

महतले लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि कांग्रेस फेरि सक्रिय हुनुपर्ने बताए। राष्ट्रपतिको अगुवाईमा हुने संवाद र पहलमा पार्टीले सक्रियरूपमा भाग लिनुपर्ने पनि उनले जोड दिए।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com