काठमाडौँ । जेन-जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकारेर अन्तरिम सरकार गठन गरेर जाने सहमती भएको छ।
जेन-जीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुने चर्चाबीच हाल नागरिक अभियन्तासमेत रहेकी कार्कीलाई नेतृत्वमा स्वीकारेर जाने निष्कर्ष निकालेको हो।
बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने बताएका थिए ।
बैठकमा जेन-जीले निष्कर्षसहित भने, ‘पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जाउँ । अहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ।’
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया