काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै पदत्याग नगरेका कारण देशको अवस्था झन् चर्किएको निष्कर्ष निकालेको छ। पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल खोल्न र प्रधानमन्त्रीलाई पदत्याग गर्न आग्रह गर्दा समेत ढिलाइ भयो। हाम्रो पटक–पटकको अनुरोधलाई बेवास्ता गरिँदा परिस्थिति अनियन्त्रित बन्दै गयो। यस ढिलाइका कारण भएको मानवीय क्षतिले सम्पूर्ण नेपाली मात्र होइन, संसारभर छरिएका नेपाली पनि स्तब्ध र पीडित बनेका छन्।’

advertisement

कांग्रेसले जेनजी पुस्ताको भावनालाई सम्मान गर्दै त्यसै अनुरूप निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ। तर, त्यसका लागि संविधानले तोकेको वैधानिक मार्गबाट मात्र अघि बढ्न सकिने र सकिनुपर्ने स्पष्ट पारेको छ।

‘विधि–विहीनताले अराजकता मात्र निम्त्याउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले राष्ट्रपतिज्यू र जेनजी पक्षबीच हुने वार्तामा हामी अनुरोध गर्छौं— नयाँ राजनीतिक संरचना निर्माण र आगामी निर्वाचनको तयारी गर्दा संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोजियोस्। यसरी संवैधानिक रिक्तता र शून्यता आउन नदिइयोस्। यस कार्यमा हाम्रो समर्थन रहनेछ।’

 

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com