काठमाडौं ।  स्वागत नेपालले बालबालिका र राजनीति बीच तुलना गर्दै बहुमत निर्णय सधैं सही नहुने तर्क प्रस्तुत गरेका छन्।

उनका अनुसार, घरमा पाँच जना ससाना छोराछोरीमध्ये चार जनाले विद्यालय नजाने निर्णय गरे पनि अभिभावकले त्यसलाई मान्नु नहुने हुन्छ। विद्यालय नगई घरमै खेल्दै बस्ने निर्णय देख्दा रमाइलो भए पनि दीर्घकालीन रूपमा बालबालिकाको भविष्यलाई नोक्सान गर्ने भएकाले अभिभावकले फकाएर, सम्झाएर वा आवश्यक परे सजाय दिएर भए पनि विद्यालय पठाउने उदाहरण उनले प्रस्तुत गरेका छन्।

advertisement

नेपालले यही उदाहरणलाई राजनीति क्षेत्रमा पनि लागू हुने बताएका छन्। उनका अनुसार, कहिलेकाहीँ भविष्यलाई खतरामा पार्ने रमाइलो लाग्ने बहुमतको निर्णयभन्दा अल्पमतमा परेर पनि दीर्घकालीन हित हुने सही निर्णय लिनुपर्ने अवस्था आउन सक्छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com