काठमाडौं । जेन्जीलाई आन्दोलनका युवाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र दुर्गा प्रसाईंसँग वार्ता गर्न सुझाव प्रधान सेनापति अशोकराज सिग्देलले दिएको खुलासा भएको छ ।
आन्दोलनतर्फबाट बुधबार सेनापतिसँग भेटमा पुगेकी रक्षा बमका अनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न बोलाएर सिग्देलले रास्वपा र प्रसाईंलाई पनि स्टेकहोल्डर भन्दै वार्ता गर्न प्रस्ताव गरेका थिए ।
तर उनले उक्त प्रस्ताव अस्वीकार गर्दै सैनिक मुख्यालयबाट बाहिरिएको बताइन् ।
रक्षाले अब आन्दोलनकारी जेन्जी समूहसँग नै छलफलको तयारी भइरहेको जानकारी दिइन् ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया