काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले परिवर्तनकारी युवा पुस्तालाई समेटेर तत्काल अन्तरिम सरकार गठन गरी मुलुकलाई सहज निकास दिनुपर्ने आवश्यकता औंल्याएको छ।

बुधबार जारी गरिएको पार्टीको विज्ञप्तिमा प्रवक्ता मनिष कुमार सुमनले भनेका छन्, ‘नेपालको इतिहासमा पहिलोपटक जेनजी पुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय र परिवर्तनका लागि गरेको आन्दोलन विजयतिर उन्मुख भएको छ। यस सफलताका लागि आन्दोलनरत युवापुस्तालाई हार्दिक बधाई दिन चाहन्छौँ।’

advertisement

जसपाले आन्दोलनरत युवाहरूलाई समावेश गरेर अन्तरिम सरकार गठन गर्नु आजको सर्वाधिक जरुरी कदम भएको उल्लेख गरेको छ। साथै आन्दोलनका क्रममा जनधनमा परेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा थप दुर्घटना वा हिंसात्मक घटना हुन नदिन सचेत रहन सबैमा आग्रह गरेको छ।

विज्ञप्तिमा विगतका आन्दोलन र बलिदानबाट प्राप्त समानता, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र मौलिक हक जस्ता ऐतिहासिक उपलब्धिहरूको संरक्षण गर्दै अझ ठूलो उपलब्धिको दिशामा अघि बढिरहनुपर्नेमा जोड दिइएको छ।

गत सोमबार र मंगलबार राजधानीलगायतका विभिन्न स्थानमा जेनजी पुस्ताले आयोजित आन्दोलनमा सिंहदरबारसहित सयौं सरकारी तथा निजी संरचनामा आगजनी भएको थियो।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com