काठमाडौं । जनकपुर बम प्रकरणमा दोषी ठहर भई जेल जीवन बिताइरहेका संजय साह (टकला) हाल जनकपुरस्थित आफ्नै घरमा रहेका छन्। उनी घर फर्किएसँगै त्यहाँ राजनीतिक चहलपहल असाधारण रूपमा बढेको छ।

शुभेच्छुकहरू घरमै पुगेर उनलाई बधाई दिइरहेका छन्। कुनै दलमा आबद्ध नभए पनि साहलाई जनकपुरमा ठूला नेताजस्तै सम्मान दिइँदैछ।

advertisement

साहले आफू जेलबाट निस्कने हतारमा नरहेको दाबी गर्दै भने, ‘मेरो सजाय अवधि पूरा हुनै लागेको थियो। २–४ महिनामा म निस्कने नै थिएँ। मलाई कुनै हतार थिएन। युवाहरूले जबर्जस्ती निकालिदिएका कारण आएको हुँ।’

उनले आफू जेलबाट भागेर नभएको प्रष्ट पार्दै सरकार चाहने हो भने पुनः जेल फर्कन तयार रहेको बताए। ‘जेनजीका युवा र त्यहाँका प्रशासनले जानुस् भनेपछि आएको हुँ,’ उनले स्पष्ट पारे।

राजनीतिक पृष्ठभूमि भएकाले भविष्यमा राजनीतिमा फर्किने संकेत दिए पनि अहिले तत्काल राजनीतिक सक्रियता नदेखाउने उनको भनाइ छ। ‘साथीभाइहरूसँग छलफल गरेर मात्र निर्णय गर्छु। राजनीतिमा फर्केँ भने सेवाभावसहित मात्र आउँछु,’ साहले भने।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com