काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले देशको नेतृत्व सम्हाल्न आफू तयार रहेको घोषणा गरेका छन्।
बुधबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘जेनजी पुस्ताको आवाजलाई पूर्ण सम्मान गर्दै म नेतृत्व लिन पनि तयार छु, अथवा काठमाडौँका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जसको भए पनि नेतृत्व स्वीकार गर्न तयार छु। ‘प्रसाईँले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई निकास दिन सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया