काठमाडौं ।  सेनासँग जेनजीको वार्ता चलिरहेको बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका केही युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा नचाहेको र बालेन शाह तथा हर्क साम्पाङ जस्ता युवाहरू अघि आउनुपर्ने माग गरेका छन्।

जेनजीको नेतृत्वमा सुशीला कार्कीको नाम अगाडि आए पनि सहभागी युवाहरूले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। बुधबार साँझ जंगीअड्डामा जेनजीका प्रतिनिधि उपस्थित भएका थिए, तर युवाहरूको बीचमा सहमति बनेको छैन।

advertisement

सेनाले जेनजी प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा गरिरहेको छ। वार्ता पूर्ण भएपछि मात्र राष्ट्रपतिसँग औपचारिक छलफल हुने बताइएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com