काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू नयाँ सरकार गठन गर्ने होडबाजीमा नरहेको स्पष्ट पारेका छन्।
मंगलबार नक्खु कारागारबाट रिहा भएका उनले बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो धारणा राखेका हुन्।
लामिछानेले भने, ‘मैले न्यायिक निकायलाई जानकारी गराइसकेको छु। म सरकार बनाउन वा सरकारमा सहभागी हुन कुनै दौडमा छैन। मैले कसैसँग बैठक गरेको छैन। मेरो नाममा विवाद गर्न आवश्यक छैन।’
उनले आफूलाई पटक–पटक रेसमा नआएको कुरा दोहोर्याउँदै भने, ‘रेसमा छैन भने डिफेन्स गर्नैपर्ने हुँदैन। म यो प्रतिस्पर्धामा छैन। देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, त्यही मेरो चिन्ता हो।’
साथै, उनले आफ्नो मुद्दा कानुनी प्रक्रियामार्फतै लडिरहेको स्पष्ट पार्दै विभिन्न आरोप–प्रत्यारोपमा सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया