काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरण अनुसार यो तथ्य पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार हालसम्म १ हजार ६१ जना घाइते उपचाररत छन्। मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ। काठमाडौं बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ।

advertisement

घटना नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सुरु भएको प्रदर्शनको क्रममा भड्किएको थियो। प्रदर्शनकारीहरूले घेरा तोडेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा धेरै प्रदर्शनकारी घाइते भएका थिए। केही घाइतेहरू बाटोमै, केही अस्पतालमा उपचारका क्रममा मृत्यु भएका थिए।

मन्त्रालयका अनुसार, प्रहरीले न्यूनतम संयमता पनि गुमाउँदै आन्दोलनकारीमाथि आक्रमण गरेको थियो। त्यस्तै, निजामती अस्पताल भित्र प्रवेश गरेर समेत प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई अश्रु ग्यासको असर परेको थियो।

यो घटनाले देशभरिकै सुरक्षा, प्रशासन र स्वास्थ्य व्यवस्थामा ठूलो चुनौती उत्पन्न गरेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com