काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूप्रति देखाएको भरोसा र समर्थनका कारण सरकारको नेतृत्व लिन तयार भएको बताएकी छिन्।

भारतीय मिडिया ‘न्युज–१८’सँगको कुराकानीमा कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकार सञ्चालन गर्ने जिम्मेवारी आफ्नो काँधमा लिन इच्छुक रहेको जानकारी दिइन्। उनले भनिन्, ‘उनीहरूले मलाई विश्वास गरे र मलाई सरकार चलाएर छोटो समयमा चुनाव सम्पन्न गर्न सक्ने अवसर दिने बताए। मैले त्यस स्वीकार गरेको छु।’

advertisement

साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनका अभिभावकका माग र आवश्यकतामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्कीले आफ्नो पहिलो प्राथमिकताका रूपमा भ्रष्टाचार नियन्त्रण कार्य सुरु गर्ने योजना रहेको बताइन्। उनले थप भनिन्, ‘अझै विद्यार्थीहरू र युवासँग अन्तिम वार्ता बाँकी छ। उनीहरूले मलाई उच्च समर्थन दिए, हामी उनीहरूको सहयोगमा सफल हुनेछौँ।’

अन्त्यमा कार्कीले सर्वोच्च अदालत, सिंहदरबार तथा सबै सरकारी भवनमा भएको आगजनी र क्षतिको अवस्था पनि औँल्याइन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com