काठमाडौं । नेपाली सेनाले बुधबार साँझसम्म देशभरबाट ७३ नाल हतियार बरामद गरेको जनाएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंगलबार राति देखि बुधबार साँझ ५ बजेसम्म विभिन्न स्थानबाट यी हतियारहरू सङ्कलन गरिएको हो। बुधबार मात्रै सात नाल हतियार र ती हतियारसँग सम्बन्धित म्यागेजिन तथा अन्य एसेसरिज बरामद भएको बताइएको छ।

advertisement

विशेष सूचनाका आधारमा माछापोखरी क्षेत्रबाट एक नाल हतियार पनि बरामद गरिएको छ। त्यस्तै, काठमाडौंको महाराजगन्ज क्षेत्रमा लुटपाटमा संलग्न चार जनालाई सेनाले पक्राउ गरेको छ।

काभ्रेको जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच भएको झडप सेनाले नियन्त्रणमा लिएको छ। डिल्लीबजार कारागारमा लागेको आगो पनि नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको निर्देशनालयले जनाएको छ।

सुरक्षा फौजले विभिन्न जिल्लाबाट फरार भएका कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ गरी जम्मा ३०३ जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com