काठमाडौं । सुनसरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले देशको प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन्।

बुधबार जंगी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘जेनजी युवाहरूले नेतृत्वका लागि मलाई विचार गरे, त्यसैले प्रधानमन्त्री बन्न म तयार छु।’

advertisement

यसअघि जेनजी युवाहरूको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेको थियो। त्यसपछि हर्क साम्पाङ आफ्ना समर्थकहरूसहित जंगी अड्डा पुगेका थिए।

सेनाको मुख्यालयमा भएको छलफलका क्रममा मेयर बालेन शाहले नेतृत्व लिन नमानेपछि हर्क साम्पाङले नेतृत्व लिनुपर्ने भन्दै जेनजी समूहभित्र केही विवाद देखिएको थियो।

तर, केही जेनजी युवाहरूले हालको अवस्थामा सुशीला कार्कीको नेतृत्व सबैभन्दा उपयुक्त रहेको ठानेका छन्। हर्क साम्पाङ अन्ततः जंगी अड्डाबाट बाहिर निस्किएका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com