काठमाडौं । नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई सफलताको रूपमा व्याख्या गर्दै शुभकामना दिएका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो टिप्पणीमा उनले जेनजीले अघि सारेका विषयहरू आफूले पनि प्रारम्भदेखि जोड्दै आएको मुद्दा भएको उल्लेख गरेका छन्।
उनका अनुसार आन्दोलनले आंशिक रूपमा लक्ष्य प्राप्त गरिसकेकाले अबको प्रमुख कार्य अन्तरिम सरकारको गठन हुनु हो। उनले उक्त सरकार जेनजीको प्रस्ताव र सहमतिअनुसार बनेको खण्डमा देशले नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै आन्दोलनलाई सफलताको शुभकामना दिएका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया