काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बम फेला परेको छ । बुधबार ध्यानकुटी बिहारभित्रको चोकमा सकेट बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिएका छन् ।
प्राविधिक कारणले उक्त बम भोलि बिहान मात्रै निष्क्रिय पारिने भएको छ । रातभर नेपाली सेना र प्रहरी टोलीले सुरक्षाको जिम्मेवारी लिनेछन् । बस्तीको बीचभागमै बम भेटिएकोले तत्काल डिस्पोज गर्न कठिनाइ भएको बताइएको छ ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया