काठमाडौँ । ‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार ९आज० बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएको छ।
समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो।
यसअघि सोमबार र मंगलबार जेनजी समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो। सो आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने जेनजीहरुले अन्तरिम सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए। तर, अन्तरिम सरकारको नेतृत्वको विषयमा बुधबार साँझसम्म सहमति जुट्न सकेको छैन।
यस्तै परिस्थितिमा ‘सेभ द कन्स्टिट्युशन’ समूहले संविधान जोगाउन भन्दै माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्न लागेका हुन्।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया