काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन खोजिएको भन्दै केही युवाहरूले विरोध प्रकट गरेका छन्।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका उनीहरूले कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्न नहुने दाबी गर्दै नाराबाजी गरेका हुन्।
समाचार संकलनका लागि त्यहाँ उपस्थित भारतीय सञ्चारमाध्यमप्रति समेत युवाहरू आक्रोशित बनेका थिए। उनीहरूले ‘गो ब्याक इण्डिया’ भन्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।
स्थिति नियन्त्रणमा लिन सेनाले प्रदर्शनकारीलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको बताइएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया