काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई संविधानको दायराभित्रै राख्दै अगाडि बढ्नुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले संविधान बाहिर गएर निर्णय लिनु अवस्था झन् जटिल र भयावह बनाउन सक्ने चेतावनी दिए।

महामन्त्री थापाले भने, ‘हामीले संविधानको निरन्तरतामा ख्याल गर्नुपर्छ। अब गर्ने काम संविधानमै आधारित हुनुपर्छ, अन्यथा अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ। यसमा ध्यान दिन आवश्यक छ।’

advertisement

आन्दोलनका क्रममा भएको क्षतिका विषयमा उनले स्पष्ट पार्दै भने, ‘यसअघिका आन्दोलनको तुलनामा यसपटक बढी क्षति भएको छ। को कसरी दोषी छ, कसको प्रभावमा यस्तो भयो भन्ने एक–एक गरेर छानबिन गरेर कारबाही गर्नुपर्छ।’

थापाले भ्रष्टाचारविरुद्ध र सुशासनका लागि जेन–जि पुस्ताले गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको घटनामा माफी माग्दै, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आफूसँग नभएको स्पष्ट पारे।

आफ्नो निवासमा आगलागी प्रयास भएको विषयमा उनले जानकारी दिँदै भने, ‘मेरो घर जलाउन आएका केही नयाँ पार्टीका मान्छे थिए। केही मास्क लगाएका थिए। उनीहरूलाई म चिन्छु। यो कार्य जेन–जि आन्दोलनसँग सम्बन्धित थिएन, घुसपैठ र उक्साहटको परिणाम हो।’

थापाले जेन–जि पुस्ताले उठाएका मुद्दाहरू आफू पार्टी र संसद्मा उठाइरहेको भए पनि पूर्ण निष्कर्षमा पुर्‍याउन नसकेको स्वीकार गरे। उनले अब आफू सुधार्न र सच्याउन प्रयासरत हुने वचनसमेत दिएका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com