काठमाडाैं । नेपाली सेनाले माइतीघरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ।
माइतीघर आइपुग्नु अघि ठाउँठाउँमा नेपाली सेनाले चेक जाँच गरिरहेको छ।
माइतीघर मण्डलालाई ठूलो संख्यामा सेना परिचालित छन्।
नयाँ बानेश्वरबाट माइतिघरतर्फ आउँदा बबरमहलको आर्ट काउन्सिलमै सेनाले धेरैलाई रोकेको छ।
सिंहदरबार जान लागेका कर्मचारीहरूलाई परिचयपत्र देखाएर मात्र प्रवेश दिइएको छ। सेनाले आजदेखि दिउँसो कार्यालय समयमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ।
केही राजनीतिक दलका नेता/कार्यकर्ताहरूले संविधान पक्षधरहरुलाई माइतीघरमा जुट्न र प्रदर्शन गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।
राजनीतिक दलका नेताहरू विज्ञप्तिमार्फत् जेनजीको माग गर्न सकिने भन्दै संविधान भित्रबाटै समाधान खोज्नुपर्ने बताइरहेका छन्।
माइतीघरमा आज संविधानको रक्षाका लागि प्रदर्शन भन्दै सामाजिक सञ्जालमा केही युवाले पोस्ट राखेका थिए। एक जना युवाले संविधान पढिरहेका छन्।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया