काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ।

संविधानको रक्षा, राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य र स्थिति सार्वजनिक गर्ने तथा सर्वपक्षीय बैठक बोलाउने माग गर्दै नेविसंघले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ लेखिएका प्लाकार्डसहित नाराबाजी गरेका थिए।

advertisement

यसअघि जेन–जि पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।

अन्तरिम सरकार गठनको विषयमा नेपाली सेनासँग छलफल भए तापनि अहिलेसम्म कुनै निष्कर्ष निस्किन सकेको छैन।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com