काठमाडौं । कलाकार दीपकराज गिरीले मुलुकलाई सबैको विचारको समावेशी प्रतिनिधित्व गर्दै अघि बढाउनु अहिलेको अत्यावश्यक आवश्यकता रहेको बताएका छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

गिरीले जेन–जि आन्दोलनले सफलता हासिल गरे पनि त्यहाँ ठूलो भौतिक र मानवीय क्षति भएको उल्लेख गर्दै भने, ‘यसमा अनेकौं स्वार्थ समूहहरूको घुसपैठ भएको देखिन्छ। प्राप्त भिडियो प्रमाणहरूले पनि यही कुरा देखाउँछन्।’

advertisement

उनले भविष्यमा त्यस्ता स्वार्थ समूहबाट मिसलिडिङ हुने खतरा अझै कायम रहेको भन्दै सचेत रहनुपर्ने बताए। ‘स्वार्थ समूहहरूले आफ्नो लाभका लागि गलत सल्लाह दिएर देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्ने अवस्था छ,’ उनले चेतावनी दिए।

गिरीले भ्रष्टाचार, सुशासन र राष्ट्रिय एकतासहित सबैको बिचारको प्रतिनिधित्व हुने गरी अगाडि बढ्नु आजको आवश्यकता भएको बताउँदै भने, ‘यसका लागि नागरिक समाजले पनि सक्रिय भएर सहयोग गर्नु आवश्यक देखिन्छ।’

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com