काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले गणतन्त्र, विधिको शासन र नागरिक सर्वोच्चताको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बृहत् नागरिक आन्दोलनबाट आफू उठेको स्मरण गर्दै उक्त आन्दोलनको वक्तव्य लामो समयपछि पुनः सार्वजनिक गरेको बताएका छन्।
‘म गणतन्त्र, विधिको शासन र नागरिक सर्वोच्चताको लागि हिजो पनि लडेँ, आज पनि लडिरहेको छु र भोलि पनि लडिरहनेछु,’ परियारले भनेका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया