काठमाडौं । नेकपा एमालेले मुलुकको संवैधानिक र लोकतान्त्रिक उपलब्धि सुरक्षित राख्न सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ।

पार्टी महासचिव शंकर पोखरेलले सचिवालयको नाममा जारी वक्तव्यमा भनेका छन्, ‘हालको राजनीतिक परिस्थितिमा संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रबाट लोकतन्त्रको रक्षामा रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ। स्थानीय तहहरूले निर्वाध रूपमा सेवा प्रवाह गर्न सक्ने वातावरण निर्माण हुनु आवश्यक छ।’

advertisement

वक्तव्यमा थप भनिएको छ, ‘संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूले संवादमा आएर संवैधानिक र लोकतान्त्रिक उपलब्धि सुरक्षित राख्न समझदारी निर्माण गर्नुपर्छ।’

एमालेले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानअनुसार र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्ने आफ्नो स्पष्ट रहेको दोहोर्याएको छ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com