काठमाडौं । नेपालमा फसेका भारतीय नागरिक र भारतमा फसेका नेपाली नागरिकको यात्रा सहज बनाउन भारतीय एयरलाइन कम्पनी इन्डिगोले बिहीबार दुईवटा चार्टर उडान सञ्चालन गरेको छ।
त्यसैगरी, इन्डिगोले आजका लागि चार नियमित उडानसमेत निर्धारण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार, नियमित उडानबाहेक यी दुई चार्टर उडान थपिएको हो।
सोमबारदेखि सुरु भएको जेन–जि आन्दोलनका कारण बुधबार मात्र हवाई सेवा खुला भएको हो भने सडक यातायात अझै सुचारु हुन सकेको छैन। यसैगरी, नेपाल–भारत मैत्री बस सेवा पनि अवरुद्ध छ। भारतीय सेनाले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेशमा समेत रोक लगाएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया