काठमाडाैं । तनहुँको व्यास नगरपालिका-१ तालघरेस्थित बुल्दीखोलामा आज एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०-३५ वर्षीया महिलाको शव फेला परेको हो ।

पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक थापाले जानकारी दिए। निजको शवपरीक्षणका लागि अस्पातलमा राखिएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । उनले भने, शरीरको माथिल्लो भागमा भेन्टा रङको टिसर्ट लगाएको, उक्त टिसर्टको अगाडि सेतो खैरो रङको गुडियाको चित्र भएको, उचाइ पाँच फिट दुई इन्च भएको महिलाको सनाखतको प्रयास भइरहेको छ ।

advertisement

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com