काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान जटिल परिस्थितिमा सबै पक्षलाई संयम अपनाउन अपिल गर्दै शान्ति र सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्। बिहीबार जारी विज्ञप्तिमा उनले देशलाई संवैधानिक दायराभित्र रहँदै समाधानतर्फ अग्रसर गरिने प्रयास भइरहेको जानकारी दिएका छन्।
राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षा र राष्ट्रिय शान्ति कायम राख्न निरन्तर विचार-विमर्श र पहल गर्दै आएको उल्लेख गर्दै नागरिकहरूको मागलाई सम्बोधन गर्न छिटोभन्दा छिटो समाधान खोजिनेमा सबैलाई विश्वस्त रहन अनुरोध गरेका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया